नमस्कार र स्वागत छ!
म यो ब्लग koreaserofero.com को माध्यमबाट कोरियामा बस्ने नेपालीहरूको अनुभव, चुनौती, सम्भावना र जीवनशैलीका बारेमा लेख्दैछु।
कोरियामा काम, पढाइ, भाषा, संस्कृति र भविष्यका योजना—यी सबै विषयमा आफ्ना अनुभव तथा जानकारी बाँड्ने मेरो उद्देश्य हो। साथै, म ब्लगिङ र एप डेभलपमेन्ट सिक्दैछु, जसको माध्यमबाट आर्थिक स्वतन्त्रता प्राप्त गर्ने मेरो ठूलो लक्ष्य छ।
यदि तपाईं पनि कोरियामा हुनुहुन्छ वा आउन सोच्दै हुनुहुन्छ भने, यो ब्लग तपाईंका लागि उपयोगी हुन सक्छ।
के हेर्न सक्नुहुन्छ यो ब्लगमा:
- कोरियाको जीवनशैली र काम गर्ने अनुभवहरू
- भाषा र कानूनी प्रक्रिया बारे जानकारी
- वित्तीय स्वतन्त्रता र अनलाइन आम्दानीका उपायहरू
- ब्लगिङ र मोबाइल एप बनाउने सिकाइ यात्रा
साथै, तपाईंका प्रतिक्रिया, सुझाव वा अनुभव पनि मसँग बाँड्न सक्नुहुन्छ। हाम्रो यात्रालाई सँगै अगाडि बढाऔं।
धन्यवाद|
– Koreaserofero.com